कपिलवस्तुको बाणगंगा नगरपालिका ७ वनगाईमा बसबाट खसेर गम्भिर घाईते भएकी एक युवतिको ज्यान गएको छ । बुधबार मोतिपुर बस्ने २६ बर्षीय सृजना गिरीको ज्यान गएको हो ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादैं गरेको लु १ ख ८६७७ नम्बरको बस रोकि झर्ने क्रममा दुर्घटना हुदा मृतक गिरी गम्भिर घाईते भएकी थिईन् ।
उपचारका लागी बुटवल पठाईएको र सोही क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।