कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन । गत कार्तिक ८ गते मायादेवी गाँउपालिका वडा नं ८ बरकुल बस्ने २६ वर्षिय बिनय कुमार चमारले आफ्नी २६ वर्षिय श्रीमती सन्ध्या चमारको हत्या गरेको आरोपमा पक्राउ परेका हुन ।
घरायसी विवादका कारण झगडा हुँद कुटपिट गरी श्रीमतीको घाँटीमा रहेको कालो मालाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ परेका श्रीमान लाई कर्तव्य ज्यान कसुरमा मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाईको प्रहरीले जनाएको छ ।