काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हजार कुकुरको बन्ध्याकरण गरेको छ । महानगरपालिकाले २३ असोजदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो । जसमा आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको हो ।कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको थियो ।तर, बिरोलोलाई पहिलो चरणमा बन्ध्याकरण नगरेपनि कुकुरहरुलाई बन्ध्याकरण गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेशकुमार झाले जानकारी दिए ।
‘तीन महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य थियो । तर, हामीले छोटो समयमा नै एक हजार बढी गरिसक्यौं । संख्या अझै बढ्न सक्छ,’ डा। झाले अनलाइनखबरसँग भने ।महानगरपालिकाले छनोट गरेको संघ संस्थालाई बन्ध्याकरण गर्दा प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ महानगरले दिने गरेको छ । खोप मात्र लगाएकोमा २ सय रुपैयाँ दिने गरेको छ ।
बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुरलाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने झाले बताएका छन् । ‘खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत ९एअर नोच० चिन्ह लगाएर महानगरले जहाँबाट उठायो त्यहीँ छोड्छ,’ उनले भने ।