साझा डायरी ।
हेटौँडामा आज बिहान हाइड्रो क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३० बिश्रामपुका १८ वर्षीय विपिन महतो छन् । लालपर्सा बस्ने ३० वर्षीय क्रेनचालक दसरथ पासवान सामान्य घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे सडकखण्डमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना. १क ६०५५ नम्बरको हाइड्रो क्रेन दुर्घटना भएको हो ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले क्रेनमा च्यापिएको अवस्थामा रहेका महतोलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । घाइते पासवानको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।