भोजपुर। भोजपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । साल्पासिलिछो गाउँपालिका-६ सालेवा बस्ने ५० वर्षीय कमल दर्जीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
कमलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।