जनकपुर ।
जनकपुरमा हतियारसहित एकजना किशोरी पक्राउ परेकी छिन् ।
जनकपुरधाम रेल्वे स्टेशन नजिक रगेको हनुमान मन्दिरको प्रांगणबाट भारतको लख्खि शेराई ग्रामपत्र्चायत बडीपोखरी वडा नं. ९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनीलाई मंगलबार साझ ७ बजेर ४० मिनेटमा सशस्त्र प्रहरी बलले १६ बर्षीया किशोरीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए ।
रेल्वे स्टेशनबाट सहायक प्रहरी नायब उपरीक्षक खडक बहादुर शाहीको कमाण्डमा खटिएको ५ जनाको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहनीलाई चेकजाँच गर्दा उनको साथबाट १ थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, १ थान भारतीय फाइभ–जी सिम र १ थान चाँदीको लकेट बरामद गरेको प्रहरीले जनाएको छ ।
सहनीलाई थप आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषालाई बुझाइएको प्रहरी उपरीक्षक मल्लले जनाए । उनका अनुसार सहनी दुईदिन अघि भारतबाट रेल चढेर नेपाल आएको र सोही मन्दिरमा बसिरहेकी थिइन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सहनीलाई नेपाल ल्याएर समान्य व्यापारीहरुलाई धम्काउने कार्यमा प्रयोग गर्न खोजिएको बुझिएको छ । उनी नेपाल एक्लै आएको प्रहरीले जनाएको छ ।