साझा डायरी ।
आइतबार बिहान धादिङ, खरी केन्द्रविन्दु गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टि गरेको छ।
बिहान ७ः३९ बजे गएको भूकम्पको कम्पन काठमाडौं आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो।
२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बाकपाक केन्द्रविन्दु गरी भूकम्प गएको थियो। त्यस्तै २०७२ वैशाख २९ गते दोलखा र सिन्धुपाल्चोकको सिमाना केन्द्र गरी भूकम्प गएको थियो। त्यसयता परकम्प गइरहे पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गर्न रोकिएको थियो।