काठमाण्डौ ।
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ ।
तेल अभिभमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ ।
सिडट निजेभ एग्रिकल्चर सेन्टरु अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत रहेकै बेला हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । आक्रमणमा परि ज्यान गुमाएका अन्यको शव प्राप्त हुने क्रममा रहेको पनि दूतावासले जनाएको छ ।
यस्तै उपलब्ध संयन्त्रहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी भइरहेको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका र २ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ ।
