बुटवल ।
पहिलाे पाईला नेपाल बुटवल शाखाद्वारा संस्थाकाे ईतिहाँस संरक्षणक साथै वर्तमानसँग साक्षात्कार गराउने र भावि पिढीलाई लिखित दस्तावेज हस्तान्तरण गर्ने हेतुले तयार पारिएकाे पुस्तक “पहिलाे पाईला सगुन २०८०” विमाेचन गरिएकाे छ । हिन्दु नेपालीहरुकाे महान पर्व वडादशैकाे पुर्वसन्ध्यामा शाखाद्वारा आयाेजित दशै तिहार, नेपालसंवत तथा छट पर्वकाे शुभकामना आदानप्रदान तथा पहिलाे पाईला सगुन बिमाेचन कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नं. १५ का वडाध्यक्ष शिव राना, बिशिष्ट अतिथि पहिलाे पाईला नेपाल केन्द्रीय अध्यक्ष निराजन धमला लगायत उपस्थित अतिथिबाट संयुक्त रुपमा पुस्तक विमाेचन भएकाे थियाे ।
बिमाेचन पश्चात कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाले पहिलाे पाईला नेपालले सामाजिक क्षेत्रमा गरेका सामाजिक कार्यहरु उत्कृष्ट रहेकाे र निरन्तर संलग्न हुन शुभकामना ब्यक्त गर्नुभएको थियाे । आफू पनि सानै उमेरदेखी सामाजिक अभियान्ता पनि सामाजिक सेवामुलक क्षेत्रमा संलग्न रहेकाे स्मरण गर्दै रानाले सामाजिक परिवर्तनको संवाहक बन्दा आफैलाई आनन्द आउने साथै साेही कारण सानै उमेरमा जनप्रतिनिधि छनाेट हुनुकाे पछाडी आफुले गरेका सामाजिक कर्म रहेकाे बताउनुभयो । पहिलाे पाईला नेपाल सँग पहिलन देखि नै साक्षात्कार रहेकाे स्मरण गर्दै उहाले सामाजिक क्षेत्रमा गर्ने काममा आफुले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे थियाे साथै बुटवल उपमहानगरपालिकाले सामाजिक संघसंस्थाकाे एकीकृत स्थल बनाउन पहल गरेकाे जानकारी गराउदै सवै मातहतका सरकारद्वारा जग्गाकाे उचित ब्यबस्थापन भएकाे खण्डमा पहिलाे पाईला नेपाल बुटवल शाखालाई एकीकृत स्थलमा स्थान प्रदान गर्न आफू तत्पर रहेकाे कुरा ब्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै बिशिष्ट अतिथि निराजन धमलाले पहिलाे पाईला नेपाल बुटवल शाखाले ईतिहासलाई लिखित दस्तावेजमा उतारी ईतिहास संग्रह गर्ने तथा भावी पिढीलाई हस्तान्तरण गर्ने कार्य सराहनिय रहेकाे र याे सार्थक पहलप्रति सम्वद्द सबैलाई धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे । पहिलाे पाईला नेपालकाे उत्कृष्ट शाखाकाे रुपमा चिनिदै आएकाे पहिलाे पाईला नेपाल बुटवल शाखाकाे विगतकाे ईतिहास गाैरवशाली रहेकाेतर्फ इंकित गर्दै नवितम कार्यमा बुटवल शाखा अब्बल रहेकाे र आगामी दिनमा यसैलाई निरन्तरता दिन शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
शुभकामना मन्तब्य ब्यक्त गर्दै उपस्थित अतिथिहरुले पहिलाे पाईला नेपाल बुटवल शाखाले ईतिहास संग्रहित गर्न गरेकाे सार्थक प्रयासप्रति धन्यवाद ब्यक्त गर्दै नजिकिदै गरेका हिन्दु नेपालीहरुका पर्व वडादशै, शुभ दिपावली, नेपाल संवत् तथा छट पर्वकाे शुभकामना ब्यक्त गर्नुभएकाे थियाे । पहिलाे पाईला नेपाल बुटवल शाखा उपाध्यक्ष गाेमा भट्टराईकाे स्वागत मन्तब्य, काेषाध्यक्ष तथा सगुन प्रकाशन समिति संयाेजक सन्ताेष के.सी. काे धन्यवाद मन्तब्य, शाखा सचिव राजन अधिकारीकाे सञ्चालन तथा शाखा अध्यक्ष विनाेद बस्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
युवाहरुकाे सहभागितामा युवा परिवर्तन र समाजलाइ ऐक्यबद्धता गर्दै सामाजिक सेवामुलक क्षेत्रमा काम गर्दै आईरहेकाे पहिलाे पाईला नेपाल बुटवल शाखाले सामाजिक संस्थामा यश क्षेत्रमा हासिल गरेकाे उपलब्धि तथा गरिमा, संस्थाकाे ईतिहासलाई संग्रहित गरी ईतिहास जिवन्त राख्ने हेतुले पुस्तक प्रकाशन गरेकाे हाे ।