काठमाण्डौ ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।