काठमाण्डौ ।

एसीसी १९ वर्षमुनिको प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ ।

पहिलो खेलमा नेपाल र इरानबीचको खेल वाईएसडी ओभलमाहुँदैछ । पहिलो खेलमा नेपालले इरानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा भएको इरानले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

शीर्ष तीन टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् ।