साझा डायरी, बाणगंगा ।
केही दिन अगाडी सर्पको टोकाईबाट मृत्यु भएका दुई बालिकाको परिवारलाई बाणगंगा नगरपालिकाले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
बाणगंगा नगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले मृतक बालिकाहरुको परिवारलाई राहात स्वरुप ३५ हजार आर्थिक सहयोग गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिनुभयो ।
बाणगंगा ९ निवासी ति दुई बालिकालाई एक साता अघि एउटै ओछ्यानमा सुतेको बेला सर्पले डसेको थियो । दुबैको उपचारका क्रममा मृत्यु भएको हो ।