साझा डायरी,बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको सभाहल चार नम्बर जितपुरमा कार्यपालिको बैठक सम्पन्न भएको हो ।
बैठकले आर्थिक बर्ष २०८०/०८१ को लागी बार्षिक कार्य योजना पारित गरेको छ । १८ वटा बुदामा रहेको बार्षिक कार्य योजना कार्यपालिका बैठकले पारित गरेको बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै कार्यपालिका बैठकले सम्बृद्धिका लागी बन परियोजनाको बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत समेत गरेको छ। नगरपालिकामा समस्याका रुपमा रहेको छाडा चौपाया ब्यवस्थापनका लागी नगर प्रवक्ता बिष्णु प्रसाद पौडेल संयोजक रहने गरी ९ सदस्य छाडा चौपाया ब्यवस्थापन समिति गठन भएको छ । त्यस्तै ३ पाङग्रे अटो तथा इ–रिक्सा ब्यवस्थापनका लागी वडा नः ४ का वडाध्यक्ष छवि रेश्मी मगरको संयोजकत्वमा ३ पाङग्रे सवारी साधन ब्यवस्थापन समिति समेत कार्यपालिकाको बैठकले गठन गरेको छ ।
यसैबिच घरनक्सा अभिलेखी करणका लागी चैत्र मसान्तसम्म सुचारु राख्ने निर्णय भएको नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले बताइन । साथै उप प्रमुख चौधरीले केही दिन अगाडी सर्पको डसाईबाट मृत्यु भएका बाणगंगा वडा नः ९ का एकै परिवारका रितु तथा यशुका क्षेत्रीको परिवारलाई राहात स्वरुप ३५ हजार दिने निर्णय भएको जानकारी दिइन । बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले बार्षिक कार्य योजना पारित भएसगैँ नगरपालिकामा बिकासका कामले तिव्रता पाउने बताए । साथै प्रमुख अर्यालले कार्ययोजना अनुसार तोकेकै समयमा योजनाहरु सक्ने उदेश्यका साथ काममा लाग्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलाई निर्देशन समेत दिनु भएको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनिले बाणगंगाको बिकासमा सबै एकजुट भएर लाग्न आग्रह समेत गरेका छन । नगरको बिकासका लागी कर्मचारीको क्षेत्रबाट पुर्ण रुपमा सहयोग र साथ दिने प्रतिबद्धता जनाउदैँ सबै मिलेर नगर बिकासमा केन्द्रित हुनेपर्ने बताए । बैठक नगर प्रमुख अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिको सञ्चालनमा सम्पन्न भएको थियो
ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न राज्य संवेदनशील हुनु आवश्यक छ : मेयर अर्याल
पशुपति गिरी,बाणगंगा । राष्ट्रिय जेष्ठ नागरिक समाज बाणगंगा नगरकमिटीद्धारा स्व.रुद्र बहादुर कुँबरको ७ औँ सृमिती दिवस बाणगंगा ८,मा मनाएको छ...
Read more