एजेन्सी ।

केरा भिटामिन, मिनरल्स तथा फाइबरले भरपूर हुन्छ जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ ।

तर खाली पेट यो फलको सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ । खाली पेट केराको सेवनले स्वास्थ्य सम्बन्धी कैयौं समस्याहरु बढ्न थाल्छन् । आउनुहोस् जानौं–

– केरामा एक प्रकारको कम्पाउन्ड पाइन्छ जसले खाली पेट यसको सेवनले एसिडिटी बढ्न सक्छ । यस फललाई बिहान खाली पेट सेवन गर्दा पेट पोल्ने तथा सुन्निने जस्तो समस्या हुन सक्छ ।

– केरामा सुगरको मात्रा अत्यधिक हुन्छ, जसले शरीरमा सुगरको मात्रा बढाउन सक्छ । मधुमेहले ग्रसित विरामीहरुले बिहान खाली पेट केरा खानु हुँदैन ।

– कतिपयलाई केरा पचाउन समस्या भयो भने वाकवाकी, पेट दुख्ने तथा ग्यासको समस्या हुन सक्छ ।

– त्यस्तै केरामा क्यालोरी पनि अन्य फलफूलको तुलनामा धेरै हुन्छ जसले गर्दा मोटोपन आउन सक्छ । यदी तपाईं तौल कम गरिरहनुभएको छ भने भुलेर पनि बिहान खालीपेट केरा नखानुहोस् ।

– त्यस्तै बिहान खाली पेट केराको सेवन गर्दा खोकी रुघा लाग्ने जस्तो समस्या पनि हुन सक्छ । यदी खोकी लागिरहेको छ भने पनि बिहान खाली पेट केराको सेवन गर्नु हुँदैन ।