साझा डायरी,कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले आफ्नो दोस्रो वार्षिकोत्सव विविधि कार्यक्रम गरी मनाएको छ । स्थानिय उत्पादन र रोजगारी एवम एग्रो टुरीजम मार्फत पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण सूचकमा अब्बल बन्दै ग्रामीण क्षेत्रमा डिलक्स रिसोर्ट संचालन गरी पर्यटनप्रर्वद्धनमा योगदान पु¥याएबापत ४४ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बाट सम्मानित समेत भएको यस रिसोर्टले केक काटेर आफनो वार्षिकोत्सव मनाएको हो ।कार्यक्रमलाई सम्बोधन रीर्सोटका अध्यक्ष लक्ष्मण भण्डरीले त्याधुनिक सुविधासहित संचालनमा आएको छोटो समयमै देशका ठुलाठुला होटलको अगाडि यस रिसोर्टलाई देशब्यापि रुपमा चिनाउदै सरकारबाट सम्मानित भएर यस क्षेत्रको पहिलो सफता प्राप्त गरेको बताउनु भयो ।
रिसोर्टले स्थानीयलाई रोजगारीको अवसर प्रदान गर्ने र स्थानीय उत्पादित सामानहरुलाई प्रोत्साहन दिनुका साथै बजारीकरण गर्न सधैँ प्रयत्नशील कार्यलाई निरन्तरता दिइने अध्यक्ष भण्डरीले बताउनु भयो ।
साथै रिसोर्टले थप सेवा सुविधासहित छिटै क्यासिनो समेत संचालनमा ल्याउने बताउनु भयो । दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै रिसोर्ट संचालक एवम चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेलले रिसोर्टले दोस्रो वर्ष पार गर्दै गर्दा सबैको साथले यस क्षेत्रसहित छिमेकि देशका समेत पर्यटक भित्राउन सफल भएको बताउनु भयो ।पछिल्लो समय देशमा देखापरेको आर्थिक मन्दी हुँदै गर्दा पनि स्थानिय स्तरमा रहेर २ सय बढिलाई रोजगारी दिएको बताउँदै आगामी दिनमा रिसोर्ट थप ब्यवस्थित गरेर अगाडि बढने बताउनु भयो ।
यो रिसोर्ट यस क्षेत्रको समृद्धिसगँ जोडिएको बताउनु भयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै रिर्सोर्ट संचालक एवम उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले ठुलो जोखिमका बाबजुद पनि रिसोर्टमा लगानी गरेर यस क्षेत्रको मुहार फेर्नु पर्छ भन्ने उद्देश्यका साथ लगानी गरेर पर्यटन क्षेत्रको विकासमा योगदान पुराएको बताउनु भयो । यस रिसोर्टको महत्व धार्मिक तथा पर्यटकिय क्षेत्रसगं पनि जोडिएको बताउनु भयो ।छिमेकि राष्ट्र भारत र चिनका पर्यटकहरु अझै धेरै भित्राएर यस क्षेत्रको मुहार फेर्न सकिने बताउनु भयो ।सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टको दोस्रो वार्षिक उत्सवको अवसरमा पत्रकार कमल विष्ट र चिन्ता परियारले शुभकामना दिनु भएको थियो ।
त्यस्तै रिसोर्टका ब्यवस्थापक राजकुमार के सी ले ग्राहकहरुको आवश्यकता अनुसार सेवा प्रदान गरीरहेको बताउनु भयो । रिसोर्टले आफ्नो सेवा बिस्तार गरेको छोटो समयमै सफलता हासिंल गरेको बताउँदै आगामि दिनमा आफ्नो सेवा अझै ब्यवस्थापन सहित सेवा बिस्तार गर्दै क्यासिनो संचालनमा ल्याउने बताउनु भयो । आफ्नो बार्षिक उत्सवका अवसरमा आज ग्राहकलाई सेवामा १५ प्रतिशत खानामा र ३० प्रतिशत कोठा भाडामा छुट समेत दिएको बताउनु भयो ।