कपिलवस्तु ।
दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमका बिच १६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सहकारी संघका लेखा संयोजक तेज प्रसाद आचर्याले सहरी तथा ग्रामिण भेगका महिला तथा पुरुष दुबैको आर्थिक अवस्था लाई मजबुद बनाउन सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ ।कपिलवस्तु जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहनुभएका आचार्यले देशमा आर्थिक सङ्कट परिरहेको समयमा सहकारीले विपन्न परिवारहरुको आर्थिक अवस्थालाई माथि उठाउन निक्कै सहयोग गरेको दाबी गर्नुभएको छ ।
समाज रुपान्तरण देखि हरेक क्षेत्रमा सहकारीको भुमिका महत्वपुर्ण रहेको बताउदै सहकारीले उत्पादनमूलक र उद्यामशील बनाउनु सकेमात्र सहकारीका सदस्यहरुमा जीवनयापनमा सहज पुग्ने विस्वास व्यक्त गर्नु भयो ।
त्यस्तै जिल्ला तथा केन्द्रिय प्रतिनिधि राजेन्द्र विक्रम शाहाले सहकारीले समाजमा उद्यमशिलता लाई जोड दिइरहेको बताउनु भएको छ । सहकारीको मुख्य धर्म भनेकै व्यवसायीको क्षमता विकास गरि रोजगार बढाउनु रहेकोले त्यसमा विशेष ख्याल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।संस्थाका सल्लाकार झलक मल्लले संस्थाले विगत देखि नै राम्रा काम गर्दै आएको बताउदै संस्थालाई माथि उठाउन सबै मिलेर जानुको विकल्प नरहेको बताउनु भएको छ ।
त्यस्तै संस्थाका अध्यक्ष कृष्ण बहादुर शाहीले सहकारीले समाजमा रहेका हरेक मानिसहरुको हित र भलो गर्ने प्रभावकारी माध्यम बनेको बताउनु भएको थियो । स्थानियको आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि र जीवन स्तर माथि उठाउन आर्थिक पाटो बलियो हुन जरुरी रहेको उहाँले बताउनु भयो ।
उप समिति दिल बहादुर शाहिले २०७९/८० को प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने २०८० को लेखा समितिको वार्षिक प्रतिवेदन लेखा संयोजक चित्र बहादुर खाणँले प्रस्तुत गर्नु भएको थियो ।
कृष्ण बहादुर शाहिको अध्यक्षता, उपाध्यक्ष कमला खाँण (सुस्मा) को स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन भने सचिव निर्मल शाहिले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सेयर सदस्यहरु, संचालक समिति लेखा समिति बुद्धिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।