अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा भुकम्पका कारण ७ घर र १ पसलमा क्षति पुगेको छ ।
शितगंगा २ सितापुर बजारमा मंगलबार बझाङ् केन्द्रबिन्द भएर गएको भुकम्पका कारण ३ घर पुर्ण रुपमा बस्न नमिल्ने गरी भासिएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
यस्तै ४ घर र १ पसल चर्किएको ईलाका प्रहरी कार्यालय ठाडाका कार्यालय प्रमुख ऋषिराम घर्ति मगरले जानकारी दिनुभएको छ ।पुर्ण रुपमा क्षति हुने घरमा शान्ता गुरुङ्ग,विष्णु मगर,सन्तोष घमको परिवार रहेको उहाँले बताउनुभयो ।
यस्तै मेघनाथ अधिकारी,रामराज घिमिरे,नारायण प्रसाद घिमिरे,प्रदिनीयाको घरमा चर्किएको छ भने दुर्गा बहादुर भाटको पसल भासिएको उहाँले बताउनुभयो ।
विस्तापीत लाई आफन्तकोमा राखिएको ईलाका प्रहरी कार्याल ठाडाका प्रमुख घर्ती मगरले जानकारी दिनुभयो ।मानविय क्षति नभएको जनाएको छ ।