कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका– १ मा शिवपुरी यातायात प्रालिको धनगाडीबाट काठमाण्डौ तर्फ गईरहेको बा ४ ख ८४८८ नम्बरको बसमा आगलागी भएको छ।
सोमवार राति सवा २ बजेतिर पुर्व पश्चिम राजमार्ग अन्र्गत दाबाटोमा गुडिरहेको बसमा आफै आगलागी भएको हो।
गुड्दा गुड्दै बसमा एक्कासी ईन्जनको भागबाट आगोलागी भएको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए। मानवीय क्षति नभएको र बसमा रहेका १७ जना यात्रु लाई अन्य गाडीमा राखि गन्तव्य तर्फ पठाइएको उनले बताए।
बसको भित्रको फाईबरको भाग र सिट जलि क्षति भएको उनले बताए। नगरपालिकाको दमकल र प्रहरीका सकृयतामा ढेड घन्टा पछि आगाली नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक गीता प्रासद चौधरीले बताए।