Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा | आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित | मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना | आज संघीय संसदको दुवै सदनको बैठक बस्दै |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

न्युज डेस्क न्युज डेस्क
२०८० अशोज १४, आइतवार १२:०० AM
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाण्डाै : सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ । हिजो शनिवार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको तर्फबाट सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरु हिजाेदेखि अन्त्य गरी नियमित काममा फर्कने सहमति भएको बताउनु भयो ।

सहमतिपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने उल्लेख छ । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाइने सहमति भएको छ ।स्वास्थ्यकर्मीहरु माथि बारम्बार भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाको कारक तत्त्व पहिचान एवम् निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषयहरु समेटी प्रतिवेदन पेस गर्ने विषयमा सहमति भएको बताउनु भयो । उहाँले त्यसका लागि दश दिनभित्र उच्चस्तरीय कार्यदल गठन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिने सहमति भएको बताउनु भयो ।

यस्तो छ ६ बुँदे सहमति

–स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी पोखराको मणिपाललगायत स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने ।

–चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्नेलाई ऐनअनुसार बमोजिम कारबाही चलाउने ।

–स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबलमा ह्रास आएको हुँदा उनीहरूको मनोबल बढाउन कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने । त्यसका लागि कानुन संशोधन गर्न स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अघि बढाउने ।

–चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सेवा–सुविधामा न्यूनतम सरकारीसरह एक रूपता कायम गर्ने । साथै, तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा गृह मन्त्रालय, कानुन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घ र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका प्रतिनिधि रहेको समिति १५ दिनभित्र गठन गरी जिम्मेवारी दिने । यो प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेख भएको मूल मर्म कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कारबाही गर्ने ।

  • स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाको कारक तत्त्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत कानुनी सुधारका विषय समेटी प्रतिवेदन पेस गर्न २० दिनभित्र उच्चस्तरीय कार्यदल गठन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिने । उक्त प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेख भएको मूल मर्म कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक कारबाही गर्ने

–स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको तर्फबाट सञ्चालन गरेका आन्दोलनका कार्यक्रम अन्त्य गरी नियमित काममा फर्कने ।सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.दीपेन्द्ररमण सिंह र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।पछिल्लो केही समययता मणिपाल अस्पताल, हेटौँडा, कञ्चनपुर लगायतका ठाउँमा चिकित्सकहरुमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । सहमतिपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मानव अधिकार विरुद्ध गैरकानुनी गति विधि गरेको आरोप लागेको छ । वाणगंगा नगरपालिका–४...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले...

Read more
आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

काठमान्डौं । प्रतिनिधि सभाको बैठक बुधबार बिहान बस्दैछ।आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति...

Read more
मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कपिलवस्तु । पश्चिमी स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि...

Read more
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमान्डौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत...

Read more
मौसम अपडेट : यी प्रदेशमा आज वर्षाको सम्भावना

मौसम अपडेट : देशका यी भूभागमा आज वर्षा हुने सम्भावना

कपिलवस्तु । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media