कपिलवस्तु ।
उद्योग ब्यापार संघ कपिलवस्तुले बाणगंगा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत तथा सम्मान गरेको छ ।
संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा आज संघको कार्यालयमा भएको एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अधिकृत मरासिनीले संघले गरेको स्वागतले आफुलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताउनु भएको छ । बाणगंगालाई समृद्ध नगरको रुपमा विकास गर्नको लागि नगर एक्लैले काम गरेर नपुग्ने भएकाले यहाँका संघ संस्थाहरुको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ । बाणगंगामा रहेका हरेक समस्या सङ्ग जुध्नको लागि हामिहरु व्याक्तिगत स्वार्थ बाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले समग्र देशका उद्योगी व्यवसायीहरुले आर्थिक सङ्कट भोगिरहेको भन्दै त्यसको समाधानको लागि हामि सबै मिलेर जानुको विकल्प नभएको बताउनु भएको छ । बाणगंगाले योग्य र सफल हाकिम पाएकोले अब यहाँका व्यवसायीहरुका समस्यालाई गम्भिर रुपमा हेर्न समेत आग्रह गर्नुभएको थियो ।
त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ९कोपिल० ले संघको बारेमा जानकारी गराउँदै नगर सङ्ग सहकार्य गर्न आतुर रहेको बताउनु भएको छ । बाणगङ्गाको आफ्नै पहिचान र गरिमा रहेकोले त्यसलाई थप उचाईमा पुर्याउनको लागि नवनियुक्त अधिकृत मरासिनीले थप कदम चाल्नेमा विश्वास ब्याक्त गर्नुभएको छ । अध्यक्ष पौडेलले बाणगङ्गामा कहिलेकाही व्यक्तिगत स्वार्थ पुरा गर्न देखिने स्वार्थी समुहलाई परास्त गर्नमा पनि मरासिनीले महत्वपुर्ण कदम चाल्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी, सल्लाहकार लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने सन्तोष गैरेले गर्नुभएको थियो ।