चेतन बिष्ट, कपिलवस्तु ।
पछिल्लो समय देशैभर सम्बन्धविच्छेदका घटना बढिरहेका छन । यसैबिच अर्घाखाँचीको शितगंगा नगरपालिकामा पनि पछिल्ला वर्षहरुमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको देखिन्छ ।
नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख धर्मराज बन्जाडेले दिएको जानकारी अनुसार शितगंगामा गत आर्थिक वर्ष २०७९ साउन १ गतेदेखि २०८० असार ३० मा मात्र ४५ जनाले सम्बन्धविच्छेद गरेको छन । जस मध्ये सबैभन्दा धेरै वडा नम्बर ६ मा ७ जनाले सम्बन्ध विच्छेद गरेका छन । त्यस्तै १४ वटा वडाहरु मध्ये सबैभन्दा कम वडा नम्बर ३, ९ र १० वडमा १/१ जनाले सम्बन्ध विच्छेद गरेका छन ।
त्यस्तै वडा नम्बर १ मा ५, वडा नम्बर २ मा ४, वडा नम्बर ४ मा ३, वडा नम्बर ५ मा २, वडा नम्बर ७ मा ४, वडा नम्बर ८ मा २, वडा नम्बर ११ मा ५, वडा नम्बर १२ मा ४, वडा नम्बर १३ मा २ र वडा नम्बर १४ मा ४ जनाले सम्बन्ध विच्छेद गरेका छन ।सूचना प्रविधिको बढि प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरी छोराको चाहना विपरित घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु जस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भैरहेको सरोकारवाला बताउने गर्दछन । सूचना र प्रविधिको पहुँच बढि हुनु र बिलासिताको जीवनयापन गर्ने चाहना राख्नुले पनि बढि सम्बन्ध विच्छेदका घटना बढेका हुन् ।