काठमाडौं –
आज सेप्टेम्वर २८ तारिकका विश्वभरि रेबिज विरुद्धको दिवस मनाईदैछ। आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर यो दिवस मनाईदै आएको छ। रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रोगी जनावरको र्याल, घाउमार्फत शरीरमा रेबिजका जिवाणु प्रबेश गर्दछ भनेर सन् १८०४ माजर्मन बैज्ञानिकले पत्तालगाएका थिए । यो रोगले छाला मुनिको भित्रीतन्तु, मांसपेसी हुँदै परीधिय र केन्द्रिय स्नायु प्रणालीमा असर गर्दछ । बिस्तारै शरीरका अरु अंगहरुमा असर गरी बिरामीको मृत्यु हुन्छ ।
आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो।
रेबिज मानिसलाई मात्रै होईन गाइ, भैसी, बाख्रा, घोडा, सुगुर, बिरालोलाई पनि लाग्दछ । रेबिज लागेको कुनै पनि जंगली जनावरसंगको सम्पर्कमाआउंदा सर्दछ ।
रेबिजका विषाणु शरीरमा प्रबेश गरेपछि बिबिध प्रकारका लक्षणहरु देखा पर्दछन । जसमा पहिले टाउको दुख्ने, ज्वरो आउने, घांटी जीउ दुख्ने, सानो कुरामा उत्तेजित हुने, पछि चिडचिडाहट हुने, अध्यारो सुनसान कोठामा एक्लै बस्न रुचाउने, खाना पानी निल्न नसक्नु, पानीसंग डराउने, बाक्लो च्यापच्याप लाग्ने र्यालआउनु, प्रकाश हावा आवाजले शरीरका मासु खुम्चिनु, कम्पन हुनु, पक्षघात हुनु, कुकुर जस्तो स्वभाब देखाउनु ।