अनिश बन्जाडे, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियामा अवस्थित आयु हेल्थ केयर प्रा.लि यतिबेला यस क्षेत्रका बिरामीहरुको रोजाईमा पर्दै गएको छ । हेल्थ केयर प्रा.लि बाट गरिदै आएको उपचार तथा परामर्शबाट बिरामीहरु सन्तुष्ट भएकै कारण उपचारका लागी आउने बिरामीहरु दिनप्रतिदिन बढ्दै गईरहेको पाईएको छ ।
बिगत १९ बर्षदेखि बाणगंगाको बैरियाबाट सेवा दिँदै आएको यस क्षेत्रकै पुरानो एवम् बिश्वासिलो उक्त हेल्थ केयर प्रालिमा कपिलवस्तुका मात्र नभएर छिमेकी जिल्ला अर्घाखाँची,रुपन्देही सहित बिभिन्न स्थानबाट बिरामीहरु उपचारका लागी आउने गरेको आयु हेल्थ केयर प्रा.लि बैरियाकी सन्चालक दुर्गा पराजुली बताउनुहुन्छ ।
पछिल्लो समय बुटवल तथा काठमाण्डौमा गएर गरिने उपचार तथा परामर्श सेवा पनि आयु हेल्थ केयर प्रा.लिबाटै दिने गरेको कारण बिरामीहरुको चाप बढेको पराजुलि बताउनुहुन्छ । बिरामीको उपचारका लागि बुटवल तथा काठमाण्डौका बिभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ तथा चिकित्सकहरुको टोली आयु हेल्थ केयर प्रा्रलिमा आउने गरेका छन । बुटवल र काठमाण्डौबाट पाईने बिभिन्न उपचार सेवा आफ्नै ठाउँबाट पाउँदा समय एवम् पैशाको बचतका साथै सहज सेवा पाईरहेको बिरामीहरु बताउँछन् ।
आयु हेल्थ केयर प्रा.लिमा पछिल्लो समय प्रत्येक महिना बिभिन्न रोगका बिशेषज्ञहरुको टोली आई बिरामीहरुको परिक्षण गर्दै आईरहेका छन् । जसअन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार बिहान १० बजेबाट १२ बजेसम्म नाक,कान,घाँटी रोग बिशेषज्ञ, दिउँसो १२ बजेदेखि ३ बजेसम्म मानशिक तथा नशा रोग बिशेषज्ञ डाक्टर संजिब शाह, त्यस्तै महिनाको दोस्रो शनिबार बरिष्ठ छाला यौन तथा सौन्दर्य रोग बिशेषज्ञ डा.दिपक घिमीरे, सोहिदिन बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा.हसिना वानु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आउने गरेको सन्चालक दुर्गा पराजुलिले बताउनुभयो ।
यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार बिहान नाँक,कान,घाटी रोग बिशेषज्ञ, चौथो शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म काठमाण्डौ टिचिङ् अस्पतालमा लामो समय काम गरि हाल बुटवल पा्रदेशिक अस्पतालमा कार्यरत बरिष्ठ पेट,छाति,मुटु तथा ग्याष्ट्रिक रोग बिशेषज्ञ डा.मोहन भुसाल पनि आउने गरेको सन्चालक पराजुलि बताउनुहुन्छ ।
आयु हेल्थ केयर प्रा.लिबाट कपिलवस्तु जिल्लामै पहिलो पटक इन्डोस्कोपी,र pap smear बिधिबाट पाठेघरको पानी निकाली परिक्षण गर्नुका साथै EEG प्रबिधी मार्फत टाउकोको नशाहरुको चेकजाँच गर्ने गरिएको छ । यसका अलवा यहाँबाट दैनिक रुपमा बिभिन्न खालका बिरामीहरुको लागी उपचार सेवा दिदै आईरहेको छ,साथै उपचारका लागी स्वास्थ्य संस्था सम्म पुग्न असमर्थ भएका बिरामीहरुको घरघरमै गई उपचार सेवा दिदैँ गरिब,बिपन्न तथा निशाय बिरामीहरुको निशुल्क उपचार गर्दै आईरहेको छ ।
यसकारण बाणगंगा नगरपालिका भित्र मात्रै नभएर समग्र जिल्ला र जिल्ला बाहिरका बिरामीहरुको रोजाईमा बाणगंगा १ बैरियामा रहेको आयु हेल्थ केयर प्रा.लि पर्दै गईरहेको छ ।