साझा डायरी बाणगंगा ।
जन्मदिन मनाउने क्रममा फगत खर्चलाई राेकी समाजमा बिद्यमान परिस्थितिलाई आँकल गर्दै सकरात्मक सन्देश प्रवाह हुने कार्य गर्दा त्यस प्रकारका कार्यले युवाहरुमा उत्प्रेरणा प्रदान हुने साथै आबश्यक ब्यक्ति, समुदाय समेत प्रत्यक्ष लाभान्वित हुने भएकाेले जन्मदिनकाे अवसरमा पहिलाे पाईला नेपाल बुटवल शाखा अध्यक्ष बिनोद बस्याल ज्युको जन्मदिन विशेषमा एक कार्यक्रम गरि खाध्यान्न समााग्रिहरु हस्तान्तरण गरेको हो ।
आफ्नो सानो सहयोगले गर्दा हामी भन्दा फरक क्षमता भएका दाजु भाइ दिदी बहिनीहरु राहत हुने हुदा बिगतमा पनि गर्दै आएको र यो बर्ष पनि जन्मदिनमा नेपाल अपांग आश्रममा खाध्यन्न बितरण गरेको जानकारि दिए। साथै उहाँले पहिलाे पाईला नेपाल बुटवल शाखाकाे अध्यक्ष हुँदै गर्दा देशको कुनै पनि भुगोलमा खान अभाव भएका ठाउमा सिंगो पहिलो पाईलाले सधै त्यो भोको पेट भर्न सक्दो प्रयास गर्ने बताउनु भयो। आफ्नाे जन्मदिनकाे अवसरमा याे कार्यक्रम गर्न पाउँदा खुसी लागेकाे तथा सन्तुष्टि प्राप्त भएकाे बताउनु भएको थियो।
अध्यक्ष बिनोद बस्यालको अध्यक्षमा भएको कार्यक्रम मा पहिलो पाइला नेपाल केन्द्रीय महासचिव बिनोद महतको प्रमुख आतिथ्यता ,केन्द्रीय सचिब पारस मरासिनि, नेपाल अपांग आश्रमका व्यावस्थापक डोल बहादुर रामतामको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बुटवल शाखा उपाध्यक्ष सन्तोस बन्जाडेको स्वागत मन्तव्य र कोसाध्यक्ष सन्तोस केसिले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम को सन्चालन सचिव राजन अधिकारिले गर्नु भएको थियो।