हरि आचार्य, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा लाखौ रकम ठगी गरेको रहस्य बाहिर आएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ४ मा फेन्सी पसल गरि बस्ने रोमा घिमिरेले लाखौ रकम ठगि गरेको रहस्य फेला परेको छ । गजेहडामा केसी फेन्सी सञ्चालन गरि बस्दै आएकी रोमा घिमिरेले विभिन्न वाहाना बनाई सापटी लिएको लाखौ रकम ठगि गरि सम्पर्क विहिन भएको पिडितहरुले बताएका छन् ।
पैसा ठगि गर्नेहरु मध्ये नेत्र कुमारी खत्रीको रु १९ लाख, फेन्सी पसल राखिएको घरबेटी बिष्णु कुवंरको रु १५ लाख, चन्द्र भण्डारीको रु ८ लाख, बुलु मल्लको रु ९ लाख, माया खत्रीको रु ६ लाख, पबित्रा गिरीको रु ६ लाख, उमेश रसाईलीको रु ५० हजार, लक्ष्मी भण्डारीको रु १ लाख ५० हजार, माया खत्रीको रु ५ लाख, यमकला कुवंरको रु १ लाख, मसिना कुवंरको रु ३ लाख, ईश्वर कुवंरको रु ३ लाख, डिल बहादुर कुवंरको रु ४ लाख, बसन्ती नेपालीको रु २ लाख, लिला रानाको रु १ लाख ५० हजार, सुन्तली नेपालीको रु १ लाख ५० हजार, उजेली कुवंरको रु १ लाख ५० हजार लगायत अन्य आफन्त, छिमेकीको रकम ठगि गरेको पाईएको छ ।
करिव करौडौं रकम ठगि गरि घिमिरे कहिले रुपन्देही, अर्घाखाँची, भारत हुंदै सम्पर्क विहिन भएको र हाल पिडितहरुले दिएको गोप्य सुचना अनुसार विदेश जानका लागि काठमाण्डौ रहेको बताईएको छ ।
रकम लिएका व्यक्तिहरुलाई पटक पटक चेक दिने तर खातामा रकम नहुने गरेको पिडितहरुले बताएका छन् । ठगि गर्ने घिमिरेले लुम्बिनी विकास बैंकको चेक पटक पटक दिएको तर खाताका रकम नभए पछि पिडितहरुले सञ्चारमाध्यलाई गुनासो गरेका छन् ।पिडितहरुले सम्पर्क गर्न खोज्दा उनको फोन नलागेको र सम्पर्कमा नआएको बताएका छन् ।
प्रमाणहरु