काठमाडौँ ।
अस्ट्रेलियाले भारतलाई २७७ रनको लक्ष्य दिएको छ । भारतविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा अलआउट हुदै २७६ रन बनाएको हो ।
अस्ट्रेलियाका लागिडेभिड वार्नरले सर्बाधिक ५२ रन बनाए भने जोश इन्ग्सले ४५, स्टिभ स्मिथले ४१, मार्नस लामुसचाग्नेले ३९, क्यामरुन ग्रीनले ३१, मार्कस स्टोइनिशले २९ र कप्तान पाट कमिन्सले २१ रन बनाएका थिए ।
त्यसैगरी भारतका बलर मोहमद शामीले सर्बाधिक ५ विकेट लिएका थिए । शामीले १० ओभरमा एक मेडनसहित ५१ रन दिएर ५ विकेट लिएका हुन् ।
त्यस्तै जसप्रित बुमराह, आर आश्विन र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।