साझा डायरी,बाणगंगा ।
संविधान दिवसको अवसरमा उद्योग ब्यापार संघ कपिलवस्तुले भोलि वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ ।
हाल डेङ्गी लगायतका रोगहरुको कारण रक्तसञ्चार केन्द्रहरूमा रगत अभाव भैरहेकोले रगत अभाव हुन नदिनको लागि रक्तदान कार्यक्रम गर्न लागेको संघका अध्यक्ष खिमानन्द पौडेलले बताउनु भएको छ ।
ज्ञानहरी न्योपाने (रामु) को संयोजकत्वमा हुन लागेको उक्त कार्यक्रम भोलि बिहान ८ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित पिस हिमालयन रिसोर्टमा हुने जनाइएको छ । रक्त सञ्चार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा हुन लागेको कार्यक्रममा सहभागि भएर रगत अभाव बाट हुने समस्यालाई समाधान गर्ने कार्यलाई सफल बनउन संघले आग्रह गरेको छ ।