कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा दोस्रो मोतिपुर फुलबारी कप फुटबल प्रतियोगिता आयोजनाको तयारी गरिएको छ ।
विजया दशमी तथा दिपावलीको अवसरमा मोतिपुर प्रगतिशिल युवा क्लवले दोस्रो मोतिपुर फुलबारी कप २०८० आयोजना गर्ने भएको हो ।गत वर्ष प्रथम कप आयोजना गरेको यस युवा क्लवले यसवर्ष त्यसैको निरन्तरता स्वरुप दोस्रो कप आयोजना गर्न लागेको क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यही असोज २० गते देखि बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित मोतिपुर फुटबल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिताको तयारी तिव्र बनाइएको छ । प्रतियोगितामा सहभागि हुने टिम वा क्लवले यही असोज १८ गते सम्म आफ्नो टिम दर्ता गर्न आह्वान गरिएको छ । टिम दर्ताकालागि प्रति टिम ५ हजार १ सय रुपैँया शुल्क लाग्ने छ ।
खेल खेलौ, स्वस्थ रहौँ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने द्धितीय हुने टिमले नगद ३५ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।