साझा डायरी बाणगंगा ।
कपिलवस्तुको बाणगङ्गामा ३३ पुरीया ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । बाणगङ्गा वडा न। ७ घेरुवा बनगाई चोक बाट बिक्रीका लागि तयार पारेको अवस्थामा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।पक्राउ पर्नेमा बाणगङ्गाकै मुख्य कारोबारी मानिने ३६ वर्षको ज्ञान राज परियार, देव बहादुर जिसी, सहजित क्षेत्री र आकास परियार रहेको प्रहरी कार्यालय पिपराले बताएको छ । सोमवार राति करिब १० बजे पक्राउ परेका चारजनालाई थुनामा राखिएको छ । मंगलबार म्याद थपका लागि तौलिहवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।लागू औषधको ट्रान्जिट पोईन्ट मानिने बाणगङ्गामा पछिल्ला दिनमा प्रहरीले बिक्री वितरण तथा सेवन कर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । ३३ पुरिया ब्राउन सुगरको तौल १ ग्राम २९० मिली ग्राम रहेको छ ।
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more