साझा डायरी बाणगंगा ।
जिल्लामा आफ्नो फरक पहिचान बनाएको लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालित रक्तदान कार्यक्रममा ५८ पोइन्ट रगत संकलन भएको छ । रेडक्रस सोसाइटी वाणगंगा उपशाखामा आयोजित कार्यक्रममा लक्ष्य भन्दा बढी रगत संकलन भएको कार्यक्रम संयोजक सागर घिमिरेले बताएका छन् ।आयोजित कार्यक्रम लायन्स डिस्ट्रिक ३२५ पि नेपालका द्धितिय भाइस गभर्नर बालाराम भट्टराइको प्रमुख आथितियता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदैँ प्रमुख अथिति भट्टराइले लायन्स कपिलवस्तु जिल्लामा मात्र नभई डिस्ट्रिकमै उत्कृष्ट रहेको बताउदै रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा क्लवप्रति आभार व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ पि नेपाल एरिया ४ चिफ कल्पना शिवाकोटी, सेक्रेटरी डा.शान्ता शर्माको विशिष्ट आतिथ्यता साथै रेडक्रस सोसाइटी वाणगंगा उपशाखाका अध्यक्ष शंकर पाण्डेको आतिथ्यता कार्यक्रममा रहेको थियो ।लायन्सले आयोजना गरेको पवित्र कार्यमा आफ्नो पुर्ण साथ र सहयोग रहेको भन्दै विशिष्ट अथिति लायन्स डिस्ट्रिक ३२५ पि नेपाल एरिया ४ सेक्रेटरी डा.शान्ता शर्माले समेत रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कपिलवस्तु कृषि सहकारी संस्था लि।, होटल धुव्रतारा र प्रियांशु किराना पसलको सहयोग रहेको थियो ।लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नवदत्त घिमिरेको स्वागत मन्तव्य रहेका कार्यक्रम सचिव राजु भुसालको सञ्चालन तथा लायन सागर घिमिरे र लियो प्रविण गौतमको संयोजत्वमा सम्पन्न भएको थियो ।