दाङ ।
लुम्बिनी प्रदेश सरकारले असोज १ गते सार्वजनिक बिदा दिएको छ। हरितालिका तिज पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिएको जनाइएको छ।
प्रदेश मन्त्रिपरिषद्को गत चैत १७ गतेको निर्णयानुसार प्रदेश राजपत्रमा प्रकाशित जानकारी बमोजिम असोज १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशको गृह मन्त्रालयका अधिकृत माधव शर्माले बताए।
लुम्बिनी सरकारले भदौ ३१ गते बडका अट्वारी पर्वका अवसरमा दाङ, बाँके र बर्दियाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ। अट्वारी पर्वका अवसरमा घोराही, तुलसीपुर र राप्ती गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएका छन्।