बुटवल ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुंगो ।उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।
गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । पार्टी छाड्नुको कारणबारे सोध्न खोज्दो गुरुङसँगको सम्पर्क प्रयास सफल भएन ।
उनले केन्द्रीय समितिले कार्यविभाजनमा असन्तुष्टि जनाएको एक नेताले बताए ।गुरुङले रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवलाई पार्टी छाडेको समेत जानकारी गराएको बताइएको छ । यादवले आफूलाई फोन गरेर गुरुङले पार्टी छाडेको बारेमा जानकारी गराएको बताए ।