साझा डायरी,कपिलवस्तु ।
कपिलवस्तुमा सर्पको टोकाईबाट एक युवाले ज्यान गुमाएका छन् ।
जिल्लाको विजयनगर गाउँपालिकाको वडा नम्बर ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्यु भएको हो । उनलाई गएराती करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले डसेको थियो ।
सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए । मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पु¥याइएको थियोे । गोरुसिङ्गेबाट बुटवल रिफर गरेपछि बाटोमै मृत्यु भएको जनाइएको छ ।