काठमाडौं ।
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज गरिँदै छ।
उनको राजकीय सम्मानसहित आज बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिन लागिएको हो।नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
आज सरकारले देशभर शोक बिदा दिएको छ।नेकपा एमालेले पनि नेम्बाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको थियो।हृदयघातबाट सोमबार नेम्वाङको पार्थिव शरीर हिजोमात्रै एमाले पार्टी कार्यालय च्यासलबाट बालुवाटारस्थित निवासमा लगिएको थियो।
मंगलबारदेखि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो।नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट हिजो बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए।