कपिलवस्तु ।
नेपालमै पहिलो पटक २०७९ सालमा ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान प्रस्तुत गरेको लायन्स कपिलवस्तुले ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करण आयोजना गर्ने भएको छ ।
साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना दोस्रो पटक २०८० असोज २७ गते गर्न लागेकोे क्लवका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भएको छ ।
उक्त प्रतियोगिता वाणगंगा नगरपालिका स्थित ऐतिहासिक पर्यटकिय क्षेत्र राजापानीमा रहेको पोखरीमा हुने छ ।प्रतियोगिता नेपालमा दोस्रो पटक सञ्चालन गर्न लागिएका हो भने पहिलो पटक पनि लायन्स क्लव अफ कपिलवस्तुले नै आयोजना गरेको थियो ।
पोखरीमा खेल्ने खेल भएकाले सबैलाई सहज हुने गरी पोखरीमा पानीको सतह ४ फिट मात्र हुने आयोजकले बताएको छ । प्रतियोगिताका लागि अब छिटो नै रजिस्टेशन खुलाउने क्लवका सचिव राम प्रसाद भुसालले बताउनु भएको छ ।
प्रतियोगिताका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुमति प्रदान गरिसकेको छ भने राजापानि सामुदायिक बन सँग पनि पोखरीका लागि समन्वय भएको मिडिया संयोजक नवराज बेल्वासेले बताएका छन् ।
सहभागी हुने प्रतियोगिहरुका लागि साइकल, लाइफ ज्याकेट र हेल्मेटको ब्यवस्थापन क्लव आफैले व्यवस्थापन गर्ने जनाएको छ ।प्रतियोगिता सुरक्षाका हिसाबले चुनौतिपूर्ण रहेकाले सहभागीको सुरक्षाको लागि नेपाल प्रहरीको एपिएफ, एम्बुलेन्सको व्यवस्था समेत गरिने जनाएको छ ।
प्रतियोगिताका विजेताहरुलार्ई नगद, प्रमाण पत्र र मायाको चिनोले प्रदान गरिने क्लवले जनाएको छ ।