काठमाण्डौ ।
एसिया कप क्रिकेटको सुपर फोरु मा भारतले पाकिस्तानलाई ३ सय ५७ रनको लक्ष्य दिएको छ ।
श्रीलङ्काको कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक बनाए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए ।