काठमाडौं ।
एसिया कप सुपर फोरअन्तर्गत भारत र पाकिस्तानबीचको आज पनि हुने भएको छ। स्थानीय समय अनुसार खेल साढे २ बजे सुरु हुनेछ। आइतबार खेल वर्षाका कारण रिजर्भ डे मा गएको हो।
आज हिजो रोकिएकै स्थितिबाट खेलले निरन्तरता पाउने भएको हो। श्रीलंकाको कोलम्बोमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको भारतलाई कप्तान रोहित शर्मा र शुभ्मन गिलले उत्कृष्ट सुरुवात दिलाएका थिए।
यी दुईले पहिलो विकेटका १६ दशमलब चार ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए। पहिलो पावर प्लेमा पाकिस्तानी बलर विकेटविहीन रहे। साहिन साह अफ्रिदीले पहिलो ओभरमा सुरुवातका पाँच बल डट फालेका थिए। तर अन्तिम बलमा रोहितले छक्का प्रहार गरे। यो भन्दा अघिसम्म साहिनलाई अन्तराष्ट्रिय क्रिकेटमा पहिलो ओभरमा कुनैपनि ब्याटरले छक्का हिर्काएका थिएनन्। महँगा सावित भएका साहिनले आफ्नो सुरुवाती तीन ओभरमा ३१ रन खर्चिएका थिए।
१८ औं ओभरमा सदाव खानले रोहतिलाई आउट गर्दै साझेदारी तोडे। रोहितले ४९ बलमा ५६ रन बनाए। उनी एसिया कपमा पाकिस्तानविरुद्ध सर्वाधिक ६ अर्धशतक बनाउने खेलाडी पनि बनेका छन्। ओडीआई करियरमा उनको यो ५० औं अर्धशतक हो।
५८ रनमा गिल अफ्रिदीको बलमा मैदान बाहिरिए। भारत २४ ओभर एक बलमा दुई विकेट गुमाएर १ सय ४७ रनको स्थितिमा रहँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र रिभर्ड डे मा हुने निश्चित भयो।
आज ८ रनमा खेलिरहेका विराट कोहली ८ र १७ रन बनाएका के एल राहुलले इनिङस अघि बढाउनेछन्।
जारी एसिया कपमा भारत र पाकिस्तान दोस्रो पटक आमने सामने भएका हुन्। समूह चरणको खेल पनि वर्षाका कारण रद्द भएको थियो।