साझा डायरी,बाणगंगा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीले रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा आज शनिवार नगर अधिवेशन सम्पन्न गरेको छ।उक्त अधिवेशनबाट अमृता भट्टराईको अध्यक्षताको नेतृत्वमा २७ सदस्यीय नगर कमिटी गठन भएको छ।जस्मा उपाध्यक्षमा जीवन न्यौपाने , सचीवमा रमेश पन्थी , सह सचीवमा कृति कोइराला र कोषाध्यक्षमा बिष्णु पुरी सहित २७ सदस्यीय कमिटी निर्माण भएको छ।