बुटवल ।
गृहमन्त्री नारमयणकाजी श्रेष्ठको राजीनामा माग गर्दै बुटवलमा तरुणदलले बिरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको विरोधमा शनिबार दिउँसो विरोध र्याली निकालेको हो ।
घटनामा संलनहरूलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै तरूण दलले देशब्यापी जारी राखेको आन्दोलन अन्तरगत बुटवलको मिलनचोकदेखि राजमार्ग चौराहमा पुगी कोणसभा गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै तरुण दल रुपन्देही सभापती सोम गुरुङले सरकारसँग शान्ती सुरक्षा कायम राख्न माग गरे । सुरक्षा कायम गर्न नसकेको बताउँदै उनले गृहमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने उल्लेख गरे ।
विरोध र्यालीमा बोल्दै तरुणदल केन्द्रीय सदस्य अनिस ढकाल, विनोद घिमिरे, अजय रावल, दुर्गा क्षेत्री, प्रयासराज गोर्खाली, कार्यक्रम संयोजक तथा तरुण दल जिल्ला सदस्य प्रसान्त कोईराला तथा तरुणदल रुपन्देही(२ क्षेत्रीय सभापति हसन्त लामाले दोषीमाथि कडा कारबाहीको माग गर्दै सरकारलाई घटनाप्रति गम्भीर बन्न आग्रह गरे । कार्यक्रममा तरुणदल केन्द्रीय सदस्य केशव पाण्डे, नेविसंघ जिल्ला अध्यक्ष सन्दीप पाण्डे, नेपाल महिला संघकी केन्द्रिय सदस्य, नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा रुन्देही अध्यक्ष गंगा शाही लगायतले बोलेका थिए । कार्यक्रमको संचालन तरुणदल रुपन्देही सचीव रमेश शाहीले गरेका थिए ।
गत बुधबार दिउँसो रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो । यादव कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गर्ने नुवाकोट घर भएका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । यादवमाथि आक्रमण भएपछि तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागसहित विरोध गरिरहेको छ ।