साझा डायरी, बाणगंगा ।
५७ औं अन्तराष्ट्रिय साक्षरता दिवस कपिलवस्तु सहित देशैभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ ।
यसैबिच दिवसकै अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिकाले शिक्षकहरुबिच कविता प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार नगरपालिकाको सभाहलमा नगरपालिका भित्रका बिभिन्न शिक्षण संस्थामा आबद्ध १८ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको हो ।
नगरपालिकाद्वारा आयोजित नगरपालिका स्तरीय शिक्षक कविता प्रतियोगितामा झण्डा माविका शिक्षक खेमराज भट्टराई प्रथम हुनुभएको छ ।यस्तै प्रतियोगितामा राम आधारभूत विद्यालय बाणगंगा ९ पडरियाका शिक्षक लालमणी अधिकारी द्धितीय, झण्डा माविकै शिक्षक शंकर नेपाली तृतीय र जनचेतना आधारभूत विद्यालय बनगाईका शिक्षक राधा पाण्डे तृतीय हुनुभएको नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान ल्याउन सफल शिक्षकहरुलाई पुरस्कृत समेत गरिएको छ ।प्रतियोगतामा साहित्यकार हरिराज शर्मा, दामोदर पराजुली र पशुपतिमणी त्रिपाठी मुल्याङ्कनकर्ताको रुपमा रहनुभएको थियो । बाणगंगा नगरपालिका नगर उप प्रमूख रिता चौधरीको अध्यक्षतामा आयाजित कार्यक्रममा नगरपालिकका निमित्त प्रमूख प्रशासकीय अधिकृत राजकुमार तिवारी, नगर शिक्षा शाखा प्रमूख खिमबहादुर जिसी, लगाएतको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन इश्वरा अधिकारीले गर्नुभएको थियो ।