काठमाडौँ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले विदेशी लगानी भित्र्याउन नेपालमा छिट्टै लगानि सम्मेलनको आयोजना गर्ने घोषणा गरेका हुन् ।
अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिए ।
त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे। नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाहिरि लगानी भित्रिने समेत अर्थमन्त्री महतले बताए ।