प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो छ । श्रीकृष्णको जन्मदिनका अवसरमा अभिभावकहरुले आफ्ना नानीबाबुलाई सिंगारेर सजाएका छन्। श्रीकृष्णकै स्वरुपमा देखाउन नानीबाबुला सजाएर विभिन्न मन्दिरमा लगिएको छ।
हेर्नुहोस् सामाजिक सन्जालमा देखिएका यि तस्बिरहरु



ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन्।