बुटवल ।
पहिलाे पाईला नेपालले देशब्यापी रुपमा सञ्चालन गरिरहेकाे शिक्षा अभियान अन्तर्गत गरिव, असहाय, बिपन्न, दलित बिद्यार्थी लक्षित भाग्य बाेक्ने झाेला वितरण कार्यक्रम पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाद्वारा सम्पन्न गरिएकाे छ । भविष्यका कर्णधार वालबालिकाकाे उज्जवल शैक्षिक भविष्यकाे निम्ति शैक्षिक सामग्रीकाे अभावले पुर्णता दिन नसक्ने अबस्थालाई मध्यनजर गर्दै पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाले सैनामैना नगरपालिका वडा नं. ६ मा अवस्थित श्री जनकल्याण माध्यमिक बिद्यालयमा अध्ययनरत लक्षित समुहका ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला वितरण गरिएकाे हाे ।
गरिव, विपन्न परिवारका बिद्यार्थीहरु शैक्षिक सामग्रीकाे अभावमा शिक्षाकाे नैसर्गिक अधिकार तथा गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपर्ने अबस्थालाई मध्यनजर गर्दै लक्षित समुहका बिद्यार्थीहरु निक्याैल गर्दै पहिलाे पाईला नेपालले याे अभियानलाई अगाडि सारेकाे पहिलाे पाईला नेपाल केन्द्रीय कार्यसमिति सदस्य तथा तिलाेत्तमा शाखा संस्थापक अध्यक्ष सन्ताेस खरेलले बताउनुभएकाे थियाे । साथै श्री जनकल्याण माध्यमिक बिद्यालय भाैगाेलिक हिसावले तराईकाे सुगम क्षेत्रमा रहेतापनि दैनिक मजदुरीकाे लागि विभिन्न स्थानबाट तराई झरेका परिवारका विद्यार्थी अध्ययनरत रहेकाे, स्थानिय गरिव परिवारका बालबालिका अध्ययनरत रहेकाे हुनाले पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाले भाग्य बाेक्ने झाेला अभियानको लागि बिद्यार्थी छनाेट गरि भाग्य लक्षित बिद्यार्थीहरुलाई झाेला वितरण गरिएकाे प्रकाश पार्नुभएकाे थियाे ।
बिद्यार्थीकाे कमजाेर आर्थिक अबस्था, पारिवारिक पृष्ठभुमिकाे अध्ययन गरि आबश्यकता तथा बिद्यालयकाे अनुराेधकाे आधारमा यश बिद्यालयमा अध्ययनरत बिद्यार्थी छनाेट गरि भाग्य बाेक्ने झाेला वितरण गरिएकाे जानकारी गराउदै पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाका अध्यक्ष सन्देश पाेख्रेलले यश अभियानद्वारा भाग्य बाेक्ने झाेला प्राप्त गरेका बिद्यार्थीकाे गुणस्तरीय शिक्षा तथा शैक्षिक अभिबृद्दीमा सहयाेगी सावित हुनेमा बिश्वास ब्यक्त गर्नुभएकाे थियाे ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गाेपाल पाेखरेल तथा बिद्यालयका प्रधानाध्यापक अर्जुन प्रसाद पाेख्रेलले पहिलाे पाईला नेपाल तिलाेत्तमा शाखाले आफ्नाे बिद्यालयलाई छनाेट गरि मजदुरी गर्ने गरिव परिवारका बिद्यार्थीहरुकाे शैक्षिक बिकासकाे निम्ति शैक्षिक सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला वितरण गरेकाेमा धन्यवाद ब्यक्त गर्नुभएकाे थियाे साथै लक्षित वर्गका अन्य बिद्यार्थीहरुलाई यसप्रकारकाे उत्प्रेरणाामुलक तथा हाैसला प्रदान गर्ने साथै बिद्यार्थीकाे गुणस्तरीय शैक्षिक भविष्यलाई सघाउ पुर्याउने अभियान सञ्चालन गरिरहन शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
पहिलाे पाईला नेपालले स्थापनाकालदेखी नै युवाहरुकाे सक्रिय सहभागिताद्वारा शिक्षा, स्वास्थ, मानवसुरक्षा, सरसफाई, ब्यक्तित्व तथा नेतृत्व बिकासका निम्ति विभिन्न अभियान सञ्चालन गर्दै सामाजिक क्षेत्रम निरन्तर क्रियाशिल भईरहेकाे छ ।