साझा डायरी, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा १ बुङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसले कक्षा ११ मा अध्ययन गर्नका आएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले स्वागत कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै क्याम्स व्यवस्थापन समितिका उपाध्यक्ष तथा प्लस टु व्यवस्थापन समितिका अध्यक्ष रबि बहादुर काफ्लले क्याम्पसको चौतर्फी विकासको लागि व्यवस्थापन समिति र शिक्षक मात्र खटिएर नपुग्ने भएकाले विद्यार्थी र अभिभावकको समेत महत्वपुर्ण भुमिका रहने बताउनु भएको थियो । जिल्लामै धेरै विद्यार्थी रहेपनि गुणस्तरिय शिक्षा प्रदान गर्न सक्नु क्याम्पसको सबैभन्दा सकारात्मक पक्ष भएको बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बेदराम अर्यालले सिद्धार्थ क्याम्पसमा अध्यान गरेका विद्यार्थीहरु उच्च तहमा पुगेका प्रशस्त उदाहरुण रहेका भन्दै त्यो सुचिमा नवआगन्तुक विद्यार्थीहरु पनि पर्नेमा विश्वास ब्याक्त गर्नुभएको थियो । सिङ्गो क्याम्पस प्रशासन विद्यार्थीहरुका समस्या समाधान गर्न प्रतिबद्ध रहेकोले क्याम्पसमा पुर्ण शैक्षणिक वातावरण रहेको समेत दाबी गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै स्ववियु सभापति निलकमल थारुले विद्यार्थीका हरेका समस्यामा स्ववियु साथमा रहेको भन्दै ढुक्क सङ्ग आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन आग्रह गर्नुभएको थियो । विगतमा पनि स्ववियुले उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै त्यसलाई आफ्नो कार्यकालमा अझ प्रभावकारी बनाएर लैजाने बताउनुभएको थियो ।
कार्यक्रममा क्याम्पसका उपप्रध्यापक तथा प्लस टु संयोजक राजकुमार अर्याल, प्रध्यापक रोमाकान्त घिमिरे, स्ववियु कोषाध्यक्ष मनोज न्यौपाने लगायतले मन्तब्य राख्नुभएको थियो ।विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रस्तुति समेत देखाइएको कार्यक्रममा स्ववियु उपाध्यक्ष अस्मिता भुसालको स्वागत तथा स्ववियु सचिव पशुपति गिरीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पसका प्रध्यापक, स्ववियु पदाधिकारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।