साझा डायरी अनलाइन ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कपिलवस्तुको योशधारा गाउँपालिकाको गाउँ कमिटीको प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ । आज शुक्रबार योशधारा गाउँपालिकामा प्रथम भेला तथा अधिवेशन कार्यक्रम गरिएको अनेरास्ववियुले जनाएको छ । उक्त भेलाले रोहित गुप्ताको अध्यक्षतामा २७ जना सदस्यहित नयाँ कार्य समिटी चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख तथा नेकपा एमाले योशधारा गाउँ कमिटी सचिव राजेन्द्र मौर्याले अनेरास्ववियुले देशमा शैक्षिक सुधार गर्न नितान्त लागेको बताउँदै सामाजिक र राजनैतिक परिवर्तनमा नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले अतुलनीय भुमिका निर्वाह गर्दै आएको बताए ।उनले विद्यार्थीलाई संगठनमा बस्न आवश्यक रहेको बताउँदै विद्यालयमा हुने शैक्षिक बेथितीलाई हटाउन, शैक्षिक सुधार गर्न र भएका राम्रा विकास निर्माणका कामलाई प्रचारप्रसार गर्न जरुरी रहेको बताए । उक्त कार्यक्रम अनेरास्ववियु जिल्ला सह सचिब दिनेश चौधरी , युवा नेता अब्दुल मुसलवानको विशिष्ट अतिथीमा भएको कार्यक्रममा अन्य विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।