साझा डायरी, जितपुर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले चाडपर्वमा हुने अनावश्वयक खर्च तथा तडक भडकलाई कम गर्न र मर्यादित तरिकाले पर्व मनाउन जिल्लावासीहरुलाई आग्रह गरेको छ ।
शुक्रबार प्रशासनद्धारा जारि गरिएको सुचनामा हरितालिका (तिज) लगायत आउदै गरेका चाडपर्वमा तडक भडक नदेखाई सरल र सहज रुपमा मनाउन आग्रह गएिको छ । बिगतका केहि बर्षदेखि चाडपर्वको आडमा गरिने अनावश्यक खर्चका कारण समाजमा पर्वको महिमा घट्रदै गएको र नयाँ पुस्ताका नागरिकलाई नकारात्मक सन्देश प्रवाह भैरहेको अवस्थामा प्रशासन कार्यालयले यस्तो सुचना जारि गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा हस्ताक्षरित सुचनामा आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य कुनै कानुन विपरितका कार्य नगर्न आग्रह गरिएको छ।
साथै तिजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरुमा कानून विपरित रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना नगर्न पनि अनुरोध गरिएको छ ।यदि कसैले सूचना विपरित कार्य गरे गराएमा प्रचलित कानून बमोजिम कारवाही गर्नै पनि प्रशासनले जनाएको छ ।
यस्तो छ प्रशासनले जारि गरेको सुचना