एजेन्सी ।

रक्तचाप वा हाइपरटेन्शनको समस्याले ग्रस्त हुनुहुन्छ भने तपाईंले खानपानमा केही परिवर्तन गर्न आवश्यक छ । आउनुहोस् जानौं ती खानेकुराहरुका बारेमा जसले उच्च रक्तचापलाई कम गर्न सहयोगी हुन्छन् ।

किवि

भिटामिन सीले भरपूर किवीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रक्तचापलाई पनि नियन्त्रण गर्छ । प्लेटलेट्सको कमीलाई पूर्ति गर्नका लागि पनि किवीको सेवन एकदमै राम्रो हुन्छ ।

केरा

पोटाशियमले भरपूर केराले उच्च रक्तचापलाई कम गर्न एकदमै सहयोगी हुन्छ । उच्च फाइबर हुने भएकाले यो पाचनका लागि पनि राम्रो हुन्छ ।

टमाटर

टमाटरमा पाइने तत्वले उच्च रक्तचापलाई कम गर्न सकिन्छ । यसलाई पनि तपाईं आफ्नो नियमित खानपानमा समावेश गर्नुहोस् ।

हरियो तरकारी

आफ्नो खानपानमा हरियो तरकारी जस्तै पालक, गोभी, साग आदि समावेश गराउनुहोस् । यस्ता तरकारीले रक्तचापदेखि अन्य सबै समस्याका लागि पनि राम्रो हुन्छ ।

भिटामिन सी फलफूल

भरपूर मात्रामा भिटामिन सी पाइने फलफूल जस्तै सुन्तला, कागती, अम्बा, अंगुर आदिलाई पनि आफ्नो खानपानमा समावेश गराउनुहोस् । यस्ता फलफूलले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रक्तचापलाई पनि नियन्त्रण गर्दछ ।

ओट्स

उच्च रक्तचापको समस्या छ भने तपाईं नास्तामा ओट्सको सेवन गर्न सक्नुहुन्छ । यसमा फाइबरको मात्रा धेरै हुन्छ जो पाचनका साथै मुटुको स्वास्थ्यका लाग पनि लाभदायक मानिन्छ ।

दही

उच्च रक्तचापका रोगीहरुका लागि दही पनि एकदमै फाइदाजनक हुन्छ । यसमा क्यालोरी अन्य डेरी उत्पादनको तुलनामा कम हुन्छ, जो मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।