साझा डायरी अनलाइन ।
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज एकैदिन २ वटा क्याम्पसमा सम्मेलन सम्पन्न गरेको छ । आज बुधवार दुइवटा क्याम्पसमा कमिटी बिस्तार मध्ये नेपाल अदर्श क्याम्पस कमिटीको अध्यक्षमा केशव बेल्बासे चयन भएका छन् । अनेरास्ववियु नेपाल अदर्श क्याम्पस कमिटी भेलाले बेल्बासेको अध्यक्षता मा १७सदस्यीय कार्यसमिती चयन गरेको हो ।जसको उपाध्यक्षमा दिव्यानी घर्ती मगर ,नवीन ज्ञावाली ,सचिवमा आशिष सुनार ,सह सचिवमा सन्ध्या के.सि र कोषाध्यक्षमा कुस्लावती छिदी लगायतका १७ सदस्य कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु जिल्ला अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी अन्जित खनालले आफनो नेतृत्वमा कपिलवस्तुका १० वटा पालिका मध्ये ७ वटा पालिकामा र ८ वटा सामुदायिक क्याम्पस मध्ये ६ वटा क्याम्पसमा संगठन विस्तार गरेको बताउनु भयो त्यस्तै बाकी पालिका र क्याम्पसमा छिट्ै संगठन बिस्तार गर्ने उहाले बताउनु भयो ।

त्यसैगरी आजै अनेरास्ववियु कपिलवस्तु बहुमुखी क्याम्पस कमिटी भेलाले दुर्गेश चौधरी कुर्मीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।जसको उपाध्यक्षमा सुभावती कमारी कुर्मी,साधिका रौप्तास, मनिस कुमार पाण्डेय, सचिवमा अब्दुल समीम मनोहार ,सहसचिवमा प्रियंका गिरी ,खालिदा शेख,देवेन्द्र तिवारी र कोषाध्यक्षमा मेहमत र अन्य सदस्य पदमा चयन हुनुभएको छ ।

दुधधारी मा.बि बिजयनगरमा रमेश यादबको अध्यक्षतामा १९ सदस्य विद्यालय कमिटी गठन गरेको छ । कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटी कोषाध्यक्ष बिष्णु थापा मगरको प्रमुख आतिथ्यता र गाउँ पालिका उपाध्यक्ष लक्ष्मि कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
