काठमाडौं ।
बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा चुकेको नेपालले एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको छ ।
मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा पाकिस्तानले प्रस्तुत गरेको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटियो ।
पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा निराशजनक प्रदर्शन गर्यो ।