बुटवल ।
लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको घोषणा गरिएको छ ।
मंगलबार बुटवलमा भएको सन्देश सभाबाट प्रदेशस्तरीय समाजवादी मोर्चामा चयन गरिएका सदस्यको नाम घोषणा गरिएको छ ।नेकपाका केन्द्रीय नेता बसन्त सीको नेतृत्वमा कमिटी घोषणा गरिएको छ । समाजवादी मोर्चामा आबद्ध दलबाट ३/३ जना सदस्य रहने गरी समन्वय कमिटी गठन गर्दै नेतृत्व आलोपालो गरिनेछ ।
मोर्चामा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारु र सचिव कृष्ण अधिकारी रहेका छन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी, जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव सदस्य छन् ।
नेकपाबाट पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ, नारायण र सम्झना रहेका छन् । पहिलो चरणमा नेकपाका वसन्त श्रेष्ठले नेतृत्व गर्ने पालो पाएका छन् ।